पोखरा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश अन्तर्गतको पोखरा शाखाले खुला रक्तदान कार्यक्रम गरेको छ । कम्पनी २४ वर्ष पूरा गरी २५ वर्ष प्रवेश गरेको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा ६१ युनिट रगत संकलन भएको छ ।
बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भुप्रसाद मिश्रले उद्घाटन गरेको कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारी, पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष उमराज बास्तोला, प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, आकस्मिक रक्तदान केन्द्र पोखराका व्यवस्थापक हरिशचन्द्र शर्माले बोलेका थिए ।
यसैगरी, निप्स् च्याप्टर अध्यक्ष बद्री पौडेल, आकस्मिक रक्तदान युनिटका संयोजक नेत्रप्रसाद ढकाल, पेशागत विमा अभिकर्ता संघका केन्द्रीय सदस्य दामोदर सापकोटा, संघका गण्डकी प्रदेश समितिका सदस्य नीलकण्ठ उपाध्याय (असिम) संघका पोखरा शाखाका अध्यक्ष दीपकप्रसाद पराजुली, उपेन्द्र तिमिल्सिना लगायतले रक्तदानको महत्वबारेमा बोलेका थिए ।