पोखरा । पोखरा महानगरपालिका १३ मा आगामी पुस २६ गते शनिबार निःशुल्क बृहत मुटु तथा मधुमेह रोग शिविर आयोजना हुने भएको छ । वडा कार्यालयको प्राङ्गणमा हुने सो शिविरमा काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका वरिष्ठ विशेषज्ञहरुले सेवा दिने वडाध्यक्ष किरण बरालले जानकारी दिए ।