पोखरा रोयल सहकारीद्वारा प्रहरी र वडालाई सहयोग हस्तान्तरण

भ्वाइस अफ गण्डकी
पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय कास्कीलाई टिभिएस कम्पनीको १२५ सिसी क्षमताको एक थान मोटर साइकल र पोखरा महानगरपालिका वडा नं.१० कार्यालयलाई एक सेट कम्प्युटर र एक सेट प्रिन्टर हस्तान्तरण गरेको छ ।
यहि भाद्र २३ र २४ गते जेन जेड समूहको आव्हानमा भएको आन्दोलनका क्रममा पोखराका सयौं सरकारी कार्यालयहरु र त्यहाँ रहेका कार्यालय सामग्री जलेर नष्ट भएका कारण संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.३ लाख ४४ हजार बराबरको सहयोग गरिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।

नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयलाई छिटो सामान्य अवस्थामा सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिया मार्फत प्रहरी कार्यालयलाई एक थान मोटर बाइक र पोखरा महानगरपालिका वडा नं.१० का वडाध्यक्ष राजेश गुरुङ्ग मार्फत वडा कार्यालयलाई एक सेट कम्प्यूटर र एक सेट प्रिन्टर हस्तान्तरण गरिएको हो ।
हाल पोखराका सरकारी कार्यालयहरु बिस्तारै सामान्य अवस्था सञ्चालनमा आएका छन् । संस्थाले यस भन्दा अगाडि कोभिड महामारी र महाभूकम्पको समयमा समेत सामुदायिक हितका क्षेत्रमा सहयोग गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले बताए ।

प्रतिक्रिया