पोखरा — पोखराबाट प्रसारण हुने एभरेस्ट एफएमले आफ्नो पाँचौं वार्षिकोत्सवका अवसरमा हेम्जास्थित मानव सेवा आश्रमलाई १ लाख १ रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा 'एभरेस्ट कक्ष' निर्माणका लागि एफएमले बुधबार सो रकम हस्तान्तरण गरेको हो ।