दुर्गा भवानी स्कुललाई रोटरीले दियो पंखा

भ्वाइस अफ गण्डकी

पोखरा । 

रोटरी क्लब अफ पोखरा भ्यालीले अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ स्थित दुर्गा भवानी आदर्श सामुदायिक विद्यालयलाई १२ कक्षाकोठाका लागि पंखा हस्तान्तरण गरेको छ । क्लबले शुक्रबार आयोजित कार्यक्रममा स्कुललाई पंखा दिएको हो । 

अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले रोटरी क्लबको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता महत्वपूर्ण काम गर्न प्रोत्साहन दिइन् । गाउँपालिकाका पूर्वअध्यक्ष युवराज कुँवरले विद्यार्थीलाई प्रत्यक्ष फाइदा पुग्ने यस्ता कार्यको सराहना गरे ।

अन्नपूर्ण २ का वडाध्यक्ष पिताम्बर भण्डारीले विद्यालयलाई गरिएको सहयोगका लागि रोटरी क्लबप्रति वडाको तर्फबाट धन्यवाद दिए । रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष कृष्णहरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष माया अधिकारी, संस्थापक अध्यक्ष जनपुकार मुनाकर्मी, डिस्ट्रिक्ट अफिसर डिल्ली अधिकारी, निर्वाचित अध्यक्ष नवीन बराल, विद्यालयका प्रधानाध्यापक होमनाथ अधिकारी र क्लबी सहसचिव रिना पौडेलले बोलेका थिए । 

कार्यक्रम संयोजक वेदहरि तिमिल्सिनाले रोटरी क्लबको सहयोगले विद्यार्थीलाई पढ्न सहज हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया