ज्याग्दी–पोखरा सम्पर्क समाजको अध्यक्षमा सावित्रा ढुंगाना पौडेल

voiceofgandaki

पोखरा । ज्याग्दी पोखरा सम्पर्क समाजको अध्यक्षमा सावित्रा ढुंगाना पौडेल चयन भएकी छन्। शनिबार पोखरामा सम्पन्न समाजको अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।

अधिवेशनबाट समाजको उपाध्यक्षमा डोलबहादुर थापा, सचिवमा तिलकी हमाल र कोषाध्यक्षमा गिरबहादुर सारु निर्वाचित भएका छन्। यस्तै, सहसचिवमा कृष्ण थापा र सहकोषाध्यक्षमा पवित्रा थापा चयन भएको समाजले जनाएको छ।

कार्यसमिति सदस्यहरूमा सन्तोषी ढुंगाना, रामबहादुर थापा र दीपक हमाल रहेका छन्।


नवनिर्वाचित अध्यक्ष पौडेलले आफू जन्मेर हुर्किएको समाजको नेतृत्व पाउनुलाई पदभन्दा पनि जिम्मेवारी, भरोसा र भावनाको संगमका रूपमा लिएको बताइन्। ‘बाल्यकालका सम्झना बोकेका गल्लीहरू, संघर्षमा साथ दिएका छिमेकी र संस्कार सिकाएको समाजले दिएको जिम्मेवारी शब्दमा बयान गर्न गाह्रो छ,’ उनले भनिन्, ‘यो पद होइन, सेवाको अवसर हो। यही अवसरले जीवनमा अझै सक्रिय भएर अगाडि बढ्ने हौसला मिलेको छ।’

उनले सबैको साथ, सुझाव र सहकार्यले समाजलाई राम्रो दिशातर्फ लैजान सकिने भन्दै सदस्यहरूको विश्वास टुट्न नदिने प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया