पोखरा । विश्वप्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखराको चिप्लेढुंगामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। केएफसी नेपालको आधिकारिक फ्रन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३औं आउटलेटका रूपमा चिप्लेढुंगास्थित सेल्वेज क्यास एन्ड क्यारीमा बिहीबारदेखि सेवा सुरु गरेको हो। सेल्वेजका अध्यक्ष कृष्णदेव प्रधानंग र पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले संयुक्त रूपमा आउटलेटको उद्घाटन गरे। योसँगै पर्यटकीय सहर पोखरामा केएफसीको दोस्रो शाखा विस्तार भएको छ।