काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई समानुपातिक उम्मेदवारको बन्द सूचीमा राख्ने निर्णय आफ्नो चाहना र प्रयास विपरित भएको बताएका छन्। थापाले आफ्नो भूमिकामा केसीलाई समानुपातिकमा राखिएको भन्ने हल्लाको खण्डन गर्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रष्टीकरण दिएका हुन्।