४ महिने छोराको हत्या अभियोगमा असई पक्राउ, भाग्दै गर्दा नागढुंगाबाट समातिए

voiceofgandaki

काठमाडौं ।  आफ्नै ४ महिने दूधे बालकको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । छोराको हत्या गरी फरार भएका असई पुष्कर कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।

काठमाडौंको सिनामंगलमा बस्दै आएका कार्कीले कोठामै छोराको हत्या गरेर भागेको प्रहरीले जनाएको छ । उपत्यका छाडेर भाग्ने क्रममा उनलाई चन्द्रागिरि नगरपालिकास्थित नागढुंगा नाकाबाट पक्राउ गरिएको हो ।

घाँटी थिचेर हत्या
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार कार्कीले छोराको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरेका छौँ,’ प्रवक्ता भट्टराईले भने, ‘उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।’ प्रहरी संगठनभित्रै कार्यरत व्यक्तिबाट यस्तो जघन्य अपराध भएपछि घटनाको कारणबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया