स्याङ्जाको चापाकोटमा बंगुरमा अफ्रिकन स्वाइन फिभर

voiceofgandaki

स्याङ्जा

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–९ मा रहेको गहतराज बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्ममा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ। वङ्गुर मरेको सूचना प्राप्त भएपछि संकलन गरिएको नमुना काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी रोग अनुसन्धान प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर भाइरि पोजेटिभ देखिएको चापाकोट नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेद्वारा जारी सूचनामा जैविक सुरक्षाका उपायहरू कडाइका साथ अवलम्बन गर्न कृषक तथा सरोकारवालाहरूलाई आग्रह गरिएको छ। साथै, वङ्गुर तथा त्यसका उत्पादनहरूको आन्तरिक ओसारपसारमा विशेष ध्यान दिन र कुनै शंकास्पद लक्षण देखिएमा तत्काल पशु सेवा शाखामा जानकारी गराउन अनुरोध गरिएको छ।

प्रतिक्रिया