पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले ग्यास सिलिण्डरको सुरक्षित प्रयोगका बारेमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गरेको छ ।
विपद् व्यवस्थापन गुल्म बागलुङको प्राविधिक सहयोगमा पोखरा ९को बगालेटोल, पोखरा ९को बास्तोलाथर र पोखरा १५ को कोलपाटनमा विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण र प्रयोगात्मक कार्यक्रम भएको हो । कार्यक्रममा विपद् व्यवस्थापन गुल्म बागलुङका प्रहरी नायव निरीक्षक रुपनाराण महतोको कमाण्डमा आएको ६ जना प्रहरी कर्मचारीको टोलीले ग्यास सिलिण्डरबाट हुन सक्ने आगजनीबाट जोगिने उपायको बारेमा प्रयोगात्मक प्रशिक्षण दिएको थियो । प्रहरी नायव निरीक्षक महतोले ग्यास सिलिण्डरमा आगो लागेको खण्डमा अपनाउनु पर्ने सुरक्षा र आगो नियन्त्रणको बारेमा प्रयोगात्मक विधि प्रस्तुत गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बराल, पोखरा १५का अध्यक्ष तोरणबहादुर बानियाँ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेत, पोखरा ९ का वडा सदस्य भावना श्रेष्ठ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष कमलबहादुर श्रेष्ठ, सचिव उत्तम जोशी, कोषाध्यक्ष तीर्थ शर्मा ढकाल, कार्यसमितिका सदस्य राजेन्द्रप्रसाद वाग्लेले आगजनी तथा विपद् जन्य जोखिमबाट बच्ने उपायको बारेमा बोलेका थिए ।
कार्यक्रममा ३ वटै वडाका जनप्रतिनिधि, आमा समूह, टोल विकास संस्था, संस्थाका कार्यसमितिका सदस्य, कार्यरत प्रहरी कर्मचारी र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।