पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान

voiceofgandaki
पोखरा ।

पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियानको शुभारम्भ गरिएको छ । पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न क्लिन सिटी, ग्रीन सिटी परियोजना अन्तरगत वृक्षारोपण अभियानको नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका हुन् ।

पोखरा महानगरपालिका वडा नं.२५ हेमजामा कल्की, धुपी लगायत बिरुवाहरू लगाएर सुरुवात गरिएको अभियानमा नगर प्रमुख आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, प्रवक्ता मोतीलाल तिम्सिना, दलका नेताहरू राधिका शाही योगी, पूर्ण कुमार गुरुङ र नागरिक समाजका अगुवा रामबहादुर पौडेल लगायत स्थानीयहरूको सहभागिता थियो ।

अभियानका क्रममा पोखरा महानगरपालिका क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ कि.मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइनेछ ।

प्रतिक्रिया