पोखरा । आफ्नै नातेदारलाई बलात्कार र अर्की एक बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएर राखेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्री (सिएसएएम) सहितको मोबाइलसहित नियन्त्रणमा लिएको हो ।