सेती नदीमा डुबेर बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीद्वारा फेला

voiceofgandaki

डोटी । 

सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका–१, सिरखोली निवासी ९ वर्षीय अमित बि.क. बैशाख ३० गते मंगलबार दिउँसो करिब १:४५ बजे सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी प्राप्तलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट निरीक्षक बिरेन्द्र बमको नेतृत्वमा खटिएको गोताखोर टोली बुधबार (बैशाख ३१ गते) घटनास्थलमा पुगेको थियो। टोलीले सोही दिन दिउँसो १ बजे नदीको करिब ३० फिट गहिराइबाट बालकको शव फेला पारेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

शव पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया