पोखरा । गण्डकी प्रदेश प्रमुखले प्रदेशसभाबाट पारित भई आएका दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै 'गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक' र 'गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक, २०८२' प्रमाणीकरण भएको जनाएको हो ।
१२ मङ्सिर २०८२, बिहिबार ०२:१२ मा प्रकाशित