काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मंसिर ९ गतेदेखि सुरु भएको गोष्ठी मधेस प्रदेशको जनकपुरमा पुगेर सकिएको हो ।