काठमाडौँ– पोखराको बहुचर्चित 'लिचिबारी' जग्गा भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।