काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टी नेतृत्वमाथि विधानअनुरूपको माग बेवास्ता गरेको आरोप लगाएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानले ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको मागलाई नेतृत्वले बेवास्ता गरेकोमा दुःख व्यक्त गरेको हो ।