गलकोट । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दिगो आर्थिक
रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन
रुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको उहाँले बताउनुभयो
। नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले संसद्
अकारणमा अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । बजेटमाथि
छलफल गर्दा पछि कार्यान्वयनमा सहज हुने उहाँको भनाइ छ ।
लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा
निराशा छाउने भएकाले योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
आर्थिक रुपान्तरणका लागि कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गले ठूलो टेवा पु¥याउने
उहाँले उल्लेख गर्नुभयो ।
उहाँले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन सम्भव
नदेखिएको बताउनुभयो । भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिँदा गृहमन्त्रीले राजीनामा
दिन नपर्ने उहाँको जिकिर छ ।
---