पोखरा ४ को खाजाघरबाट ५० हजार घुससहित पक्राउ परे प्रहरी हबलदार

voiceofgandaki

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित एक प्रहरी हबलदारलाई नियन्त्रणमा लिए। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत ३९ वर्षीय विष्णु थापा क्षेत्रीलाई आयोगको पोखरा कार्यालयले पक्राउ गरे।

थापाले लागुऔषध मुद्दा मिलाइदिने भन्दै ५० हजार रुपैयाँ मागेको सूचना अख्तियारले पाएका थियो । प्रतिवादीलाई सहजीकरण गरिदिने प्रलोभन देखाएर उनले सो रकम बुझेका थिए। घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया