काठमाडौँ । वैशाख महिना सुरु भएयताका १२ दिनमा देशका विभिन्न स्थानमा भएका विपद्का घटनामा परेर २३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म ४२२ वटा विपद्का घटना भएका छन् । यी घटनामा ७३ जना घाइते भएका छन् । विपद्का कारण ५२७ परिवार प्रभावित भएको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको छ ।