काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशिला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । बैठकमा प्रधानमन्त्री कार्कीले प्रतिष्ठानलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्न र गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्न सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएकी छन् ।