पोखरा १३ भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी सम्मानित

voiceofgandaki

पोखरा । वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइई परीक्षा–२०८१ मा उत्कृष्ट परिणाम हासिल गर्न सफल विद्यार्थीलाई पोखरा १३ ले सम्मान गरेको छ । 


कार्यक्रममा वडाध्यक्ष किरण बरालले सम्मानित विद्यार्थीलाई बधाई तथा सफलताको कामना गर्दै अनुशासित र मिहनेत गरेर अगाडि बढ्न अनुरोध गरे । उनले अबका दिनमा विद्यार्थीका भावनालाई सम्बोधन गरेर अभिभावक अगाडि बढ्नु पर्ने सुझाव दिए । उनले यो सफलताका पछाडि विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीहरूका संयुक्त प्रयास भएको हुँदा सबै बधाईका पात्र बनेको धारणा राखे । भविष्यमा पनि यसरी नै अगाडि बढेर परिणाम ल्याउन उनले अनुरोध गरे । 


वडा शैक्षिक समन्वय संयोजक राजेन्द्र भण्डारीले वर्तमान समय अवसर र चुनौती सङ्घर्षको दोसाँधमा रहेको भन्दै विद्यार्थीले यही दोसाँधबाट सफल भविष्यको मार्गचित्र कोर्नका लागि अवसरलाई चिन्नु पर्ने र चुनौतीलाई चिर्नुपर्ने बताए । उनले आगामी दिनमा अभैm दृढ सङ्कल्पित, धैर्यवान र आत्मविश्वासी बन्दै अगाडि बढ्नु पर्नेमा जोड दिए । 


वडा अध्यक्ष किरण बराल, भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा समाजसेवी लोकबहादुर कार्की, जनप्रतिनिधि बलबहादुर बराल, रजनी परियार, सुचिता तमाङ, शरीफ मियाँ, शिक्षा समितिका सदस्यहरुले संयुक्त रुपमा सम्मान गरे । 


भद्रकाली माध्यमिक विद्यालयबाट सर्वोत्कृष्ट ४ जिपिए साथ उत्र्तीण हुन सफल प्रेरणा परियार, सृष्टि अधिकारी, प्रिया रानामगर, सिजन ढेवाजू, अक्सफोर्ड बोर्डिङ स्कुलका, गौरव आचार्य (३.९१), ताराकुञ्ज बोर्डिङका, सुशील सुवेदी (३.८२) बेसलाइन एकेडेमीका, सौरभी राजभाट (३.९२), चिल्ड्रेन्स एकेडेमीका, स्पन्दन घिमिरे (३.८०) बालकल्याण बोर्डिङ स्कुलका, बृष्टि सुनार (३.७९) इडेन्स एकेडेमीका, संजीव कुटुवाल (३.८६) गण्डकी आदर्श बोर्डिङका, आस्था आचार्य (३.८३) आर्वा विजय मा.विका, सुरक्षा पोडेल (३.४४) रतनपाण्डे माविका, जेनिसा न्यौपाने (३.१४) सर्वोत्कृष्ट जिपिएसाथ उत्र्तीण विद्यार्थीलाई संयुक्तरुपमा सम्मान गरिएको हो । कार्यक्रममा १० माध्यमिक विद्यालयका प्रधानाध्यापक÷प्राचार्य अभिभावकका उपस्थिति थियो । 








प्रतिक्रिया