पोखरा । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने वृहत् ‘पोखरा स्ट्रिट फेस्टिबल’ (सडक महोत्सव) को रौनक यस पटक अझ बढ्ने भएको छ । महोत्सवसँगै पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट २०८२’ सञ्चालन हुने भएको छ । यसका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरास्थित इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसनबीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।