म्याग्दी । नेपाली कम्युनिस्ट पार्टी म्याग्दीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। जिल्ला संगठन समितिको भेलाले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा टुंगो लगाउँदै केन्द्रीय कार्यालयमा सिफारिस पठाएको हो।