इनरह्वीलद्वारा सरस्वती स्कुलमा दन्त शिविर : १७० विद्यार्थी लाभान्वित

voiceofgandaki

पोखरा । इनरह्वील क्लब अफ न्युरोड पोखराले ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा दन्त शिविर सञ्चालन गरेको छ। कान्तिपुर डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा सोमबार आयोजित शिविरबाट १७० जना विद्यार्थी तथा शिक्षक–शिक्षिका लाभान्वित भएका छन्।

प्राविधिक टोलीले विद्यार्थीलाई दाँतको सुरक्षा र सफाइ गर्ने तरिकाबारे जानकारी गराएको थियो। सो अवसरमा विद्यार्थीलाई टुथपेस्ट र ब्रससमेत वितरण गरिएको क्लबले जनाएको छ।

शिविरमा हस्पिटलका डा. छाया थापा, डा. रिया थापा तथा प्राविधिकहरू सुचम थापा, सविना गुरुङ, आकृति आले, एरिका गौतम, लक्ष्मी मुना मगर, एलिना केसी, आस्था थापा र शर्मिला अधिकारीले सेवा प्रदान गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। सो क्रममा प्राविधिक टोलीका तर्फबाट शर्मिला अधिकारी र क्लबकी संस्थापक अध्यक्ष निर्मला मल्ल जोशीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।

क्लबकी अध्यक्ष मेनुका श्रेष्ठ लाभाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर रानाभाटले स्वागत र सचिव सरस्वती तझ्याले धन्यवाद ज्ञापन गरेका थिए।


प्रतिक्रिया