पोखरा ।
सानासाना बालबालिकाहरूको उज्जवल भविष्य निर्माणमा शिक्षकको भूमिका अतलनीय हुन्छ । उनीहरुको कोमल र मायालु मनमा ज्ञानको ज्योति भर्नुका साथै सकारात्मक सोच र उत्प्रेरणा जगाउनु चुनौतीपूर्ण कार्य हो । तर यो महत्त्वपूर्ण भूमिका पनि हो । यस वडाभित्रका सामुदायिक विद्यालयमा पठन–पाठन गराउने शिक्षकहरूका लागि शिक्षक उत्पेरणात्मक तालिम सम्पन्न भयो ।
तालिममा प्रमुख अतिथिको मन्तब्य राख्दै समाजसेवी शरद्कान्त सिग्देलले बर्तमान समयमा बालबालिकाको मन जित्ने शिक्षण कला र सीपको आवश्यक भएको हुँदा शिक्षकहरूले यस किसिमको तालिमबाट उक्त ज्ञान र सीप हासिल गर्ने बताए । उनले आजको ज्ञान भोलीको कक्षाकोठा र भविष्यको लागि महत्वपूर्ण हुने हुँदा शिक्षकहरु अभैm लगनशील र मेहनती बन्नु पर्नेमा जोड दिए ।
कार्यक््रmममा भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक गुरुङ (माइला) ले प्रेरणादायी कार्यक््रmमबाट हासिल गरेका कुरालाई व्यवहारमा उर्तान अनुरोध गर्दै भविष्यमा यस्ता किसिमका कार्यक््रmमको निरन्तरताको चर्चा गर्दै विद्यालय सुधारमा आफु लागि परेको बताए ।
वडा शिक्षा समितिका अध्यक्ष तथा वडा अध्यक्ष किरण बरालले वडाभित्र रहेका विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्न समर्पित रहेको जनाउँदै शैक्षिक सत्र ०८२÷०८२ लाई उपलब्धिमुलक बनाउन वडाले स्पष्ट योजना निर्माणदेखि सहजीकरण, मूल्याङ्कन र अनुगमनलाई प्रभावकारी बनाउने कुरा जोड दिए । वडाले निकट भविष्यमा खाद्यान बैङ्क सञ्चालन गर्ने योजना राखे ।
शिक्षा अनुभवको आदन–प्रदान हो । शिक्षाबाट ज्ञान प्राप्त हुन्छ । शिक्षकमा ज्ञानको अभिबृद्धि गर्न सकिएमा विद्यालयमा सहज र मायालु वातावरणमा शिक्षण कार्य गर्न सकिन्छ । सिकाइमा निखार आओस् र बालबालिकाको शैक्षिक अवस्था सुधारका लागि क्षमतामा अभिबृद्धि र पुर्नताजगी गराउँदै बालबालिकासँग भावनात्मक रूपमा समेत नजिक भई सिकाउन प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको वडा शैक्षिक समन्वय संयोजक राजेन्द्र भण्डारीले बताए ।
वर्तमान प्रविधिको विकाससँगै शिक्षण विधिमा व्यापक परिवर्तन आएको परिवेशमा नवीन शिक्षण कला र शिक्षकलाई उत्पे्ररित गर्न आवश्यक भएको हुँदा शिक्षण कला र शिक्षक उत्प्रेरित बन्न आवश्यक सिप र गुणका बारेमा प्रशिक्षण अरुणा शेरचनले दिएकी थिइन् ।
वडाध्यक्ष किरण बरालको सभापतित्वमा सम्पन्न तालिममा वडा भित्रका सातओटा सामुदायिक विद्यालयका ३४ जना शिक्षकहरूको सहभागिता े थियो । कार्यक््रmम शैक्षिक समन्वय संयोजक राजेन्द्र भण्डारीले सञ्चालन गरेको तालिममा जनप्रतिनिधि सुचिता तमाङ, प्रधानाध्यापक यदुराज पगेनीले बोलेका थिए । तालिम कार्यक््रmममा वडाभित्रका शिक्षासँग सरोकार राख्ने व्यक्तित्वहरूको उपस्थिति यियो ।